समाज


पत्रकारको सवारी साधन नियन्त्रणमा लिइएकोप्रति महासंघको आपत्ति

पत्रकारको सवारी साधन नियन्त्रणमा लिइएकोप्रति महासंघको आपत्ति

नेपालखबर
बैशाख १५, २०७७ सोमबार १२:२,

नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

समाचार संकलनका लागि आज बिहान चितवनको भरतपुरस्थित चौवीसकोठीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको महासंघले जनाएको छ। पत्रकारद्वयले परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले दुर्व्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टिनमा लगेर खिचिएको फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारीसाधन र सञ्चार साधनसमेत नियन्त्रणमा लिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघका महासचिव रमेश विष्टले कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमको ख्याल नगरी अग्रपंक्ति रहेर नागरिकलाई सुसूचीत गराउने पेशागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुको सट्टा प्रहरीबाट गरिएको व्यवहार खेदजनक भएको उल्लेख गरेका छन्। महासंघले घटनामा संलग्न प्रहरीमाथि कारवाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

यसैगरी पत्रकार महासंघ कर्णाली प्रदेश कार्यसमितिका सदस्य तथा दैलेखस्थित नागरिक दैनिकका सम्वाददाता गोविन्द केसीलाई समाचार लेखेकै कारण दिएको धम्कीको घटनाप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ। नारायण नगरपालिकाको राहत सामग्री खरिदमा अनियमिततासम्बन्धी समाचार केही दिनअघि नागरिक दैनिकमा प्रकाशित भएपछि पत्रकार केसीलाई धम्की दिइएको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad