औषधि व्यवस्था विभागले सरकारले निशुल्क प्रदान गर्ने ९८ वटा औषधि र स्वास्थ्य बिमा बोर्डले दिदै आएको ‘सेटोफोन’ औषधि बजारबाट तत्काल फिर्ता पठाइको छ।
विभागले सार्वजनिक सूचना निकाली लोमस फर्मास्युटिकल्स प्रालि काठमाडौँले उत्पादन गरेको सेटोफेन (पारासिटामोल ट्याबलेट बीपी) न्यून गुणस्तरको भएको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो। ज्वरोका लागि प्रयोग हुने सेटोफोन औषधि सरकारले निुशल्क प्रदान गर्ने औषधिमा पर्छ।
विभागले बजार अनुगमनको क्रममा सीटी-११२३ ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकाले बजारबाट फिर्ता गरेको जनाएको छ। संकलन गरिएका औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण भएको थियो।
परीक्षणका क्रममा उक्त औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरी बजारमा फिर्ता लैजान भनिएको छ। साथै उक्त औषधिको सिफारिस, बिक्रि वितरण तथा प्रयोग नगर्न विभागले सबैमा आग्रह गरेको छ।
Shares

प्रतिक्रिया