समाज


क्रमशः बढ्दै छ जाडो, काठमाडौँको न्यूनतम तापक्रम कतिमा झर्‍यो?

क्रमशः बढ्दै छ जाडो, काठमाडौँको न्यूनतम तापक्रम कतिमा झर्‍यो?

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ६:४१, काठमाडौँ

देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।

यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा झरिसकेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस छ।

'हिजो (शनिबार) यही टाइममा ९.६ डिग्री सेल्सियस थियो, पछि बिहान ८:४५ सम्ममा घटेर ९.२ डिग्री सेल्सियसमा झरेको थियो', उनले भने, 'झन् आज ५:४५ मै ९.३ देखिएको छ, अहिले ८:४५ सम्म पक्कै घट्छ।'

आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad