जेनजी आन्दोनलको क्रममा गएको भदौ २४ गते प्रहरी हिरासतबाट भागेका झापाका एक युवक आफैँ प्रहरीको सम्पर्क पुगेका छन्।
इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट भागेका झापाको कचनकबल गाउँपालिका- ६ घर भइ हाल काठमाडौँको दक्षिणकाली बस्दै आएका १८ वर्षीय अशोक रिमालले आज बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।
रिमाल सवारी अंगभङ्ग मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा थिए।
भदौ २४ गते कार्यालयबाट फरार भएका उनलाई आज फेरि इप्रका झिलझिलेले हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
108
Shares

प्रतिक्रिया