समाज


भक्तपुरमा बसले माइक्रो बसलाई ठक्कर दिँदा १४ जना घाइते

भक्तपुरमा बसले माइक्रो बसलाई ठक्कर दिँदा १४ जना घाइते

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार ६:५३, काठमाडौँ

भक्तपुरको पलासेँमा बसले माइक्रो बसलाई ठक्कर दिँदा १४ जना घाइते भएका छन्। 

जगातिबाट काभ्रेको साँगातर्फ गइरहेको बा५ख ४७८१ नम्बरको मयुर बसले सूर्यविनायक नगरपालिका–१० पलासेँमा विपरीत दिशातर्फबाट आइरहेको बा.३ख ७७९३ नम्बरको माइक्रोबसलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये सुनसरी धरान उमनपा–१६ घर भई हाल काठमाडौँ चावहिल बस्ने ४६ वर्षका लाक्पा डिकी शेर्पा, काठमाडौँ बूढानीलकण्ठ बस्ने २९ वर्षीया मन्दिरा राई, सञ्जिता राई, काभ्रे नमोबुद्ध नगरपालिका–८ भकुण्डेबेँसीका ५३ वर्षीया कमला अधिकारी, सुनसरी धरान उमनपा–१६ घर भई हाल काठमाडौँ चावहिल बस्ने २२ वर्षीय पासाङ शेर्पाको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए।

सोही दुर्घटनामा गम्भीर घाइते भएका माइक्रोबसका चालक काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ थानकोटका ४९ वर्षीय कृष्ण श्रेष्ठ, सहचालक धादिङ ज्वालामुखी गाउँपालिका–५ घर भई हाल काठमाडौँ नेपालटार बस्ने २३ वर्षीय रबिन अधिकारीको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिए ।

घाइतेमध्ये उदयपुर कटारी नगरपालिका–३ घर भई हाल काठमाडौँ कपन बस्ने ३४ वर्षीया सरिता राउत, सुनसरी धरान नगरपालिका–५ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने २९ वर्षीय रोशन लिम्बू, सुनसरी धरान उपमनपा–१७ घर भई हाल काठमाडौँ बालाजु बस्ने ३५ वर्षीय सञ्जय राई, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ घर भई हाल भक्तपुर राधेराधे बस्ने ८१ वर्षीय तारानाथ चौलागाईँ, धरान उमनपा–१० घर भई हाल काठमाडौँ माछापोखरी बस्ने २८ वर्षीया ममता लिम्बू,  सुनसरी धरान  उपनपा–१० घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ७३ वर्षीय चित्रबहादुर राई,  सुनसरी धरान उमनपा–१० घर भई हाल काठमाडौँ माछापोखरी बस्ने छ वर्षीया ट्रेसेशा राईको उपचार जगातिस्थित सूर्यविनायक नगर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ। 

घाइतेहरू सबैको अवस्था सामान्य छ।

प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई प्रहरी बृत्त जगाति राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad