समाज


जेनजी आन्दोलनकारीले दमकलदेखि अपाङ्गता भएकालाई बोक्ने गाडीसम्म जलाए : चिरिबाबु महर्जन

जेनजी आन्दोलनकारीले दमकलदेखि अपाङ्गता भएकालाई बोक्ने गाडीसम्म जलाए : चिरिबाबु महर्जन

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १३:५५, काठमाडौँ

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले हालैको जेनजी आन्दोलनका क्रममा दमकलदेखि लिएर अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यवस्था गरिएको गाडीसमेत आगजनीमा परेको बताउँदै कडा आपत्ति जनाएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरको प्रमुख दायित्व नगरवासीको सुरक्षा, सुव्यवस्थित दिनचर्या र आय–आर्जनलाई सहयोग पुर्‍याउनु रहेको बताए। उनले भने, ‘ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने र उहाँहरुको दिनचर्या राम्रो पार्ने हो।’

जेनजी आन्दोलनको क्रममा ललितपुर महानगरपालिकाले आफ्नो दमकल सेवा काठमाडौँका विभिन्न संवेदनशील स्थानमा समेत पुर्‍याएको महर्जनले खुलासा गरे। उनका अनुसार सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, काठमाडौँको हिल्टन होटललगायतका स्थानमा ७९ पटक दमकल पठाइएको थियो।

उनले थपे, ‘हाम्रो दमकल अत्याधुनिक फोम सिस्टमसहितको हो। जानासाथ फोमले आगो नियन्त्रण गर्छ, त्यसैले आगो निभेको छर्लंग देखिन्छ।’

मेयर महर्जनले आन्दोलनकर्ताले आगो निभाउन पुगेका दमकललाई नै तोडफोड तथा आगजनी गरेका घटना भएको बताए। मन्त्रीक्वार्टर क्षेत्रमा आगलागी भएपछि दमकल पठाउँदा पनि आन्दोलनकारीले अवरोध सिर्जना गरेको उनको आरोप छ।

उनी भन्छन्, ‘अग्नि नियन्त्रण गर्न गएका हाम्रो दमकललाई नै जलाइयो। अपाङ्गता भएका व्यक्तिहरूका लागि खरिद गरिएको गाडीसमेत आगजनी गरियो।’

लगातारका क्षति र चुनौतीलाई ध्यानमा राख्दै महानगरले अब झनै आधुनिक दमकलहरूको आवश्यकता रहेको मेयर महर्जनले बताए। महानगरले २ वटा अत्याधुनिक दमकल खरिद गर्ने निर्णय गरेको जानकारी पनि उनले दिए।

मेयर महर्जनका अनुसार नगरवासीको सुरक्षा र आवश्यक सेवामा अवरोध नआओस् भन्नका लागि महानगर निरन्तर रूपमा आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad