समाज


प्रधानमन्त्री कार्कीविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता, मंसिर ७ गते पेसी

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता, मंसिर ७ गते पेसी

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०८२ सोमबार १३:५०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध साेमबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको हो। राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको हो। 

अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिटको पेसी यही मंसिर ७ गतेलाई तोकिएको छ।

अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई कार्की नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णयक गएको असोज ३० गते गरेको थियो ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad