सरकारले बारा जिल्लाको सिमरा भएको प्रदर्शनपछि त्यहाँको स्थिति सामान्य हुँदै गइरहेको गएको बताएको छ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिई स्थिति सामान्य बनाउँदै शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गइरहेको छ।’
मन्त्रालयका अनुसार सरकार तोकिएको मितिमै आगामी निर्वाचन सम्पन्न गराउन कटिबद्ध छ। विज्ञप्तिमा उल्लेख छ, ‘वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउनको लागि प्रतिबद्ध रही काम गरिरहेको सर्वविदित नै छ।’
सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी, संवाद, समन्वय र सहमति आवश्यक रहेकोले यसतर्फ गम्भीर रहन सबै पक्षसँग मन्त्रालय हार्दिक अपिल गर्दछ।’
Shares

प्रतिक्रिया