समाज


गलत रिपोर्ट आउन थालेपछि जनकपुरकाे पीसीआर प्रयोगशाला बन्द

 गलत रिपोर्ट आउन थालेपछि जनकपुरकाे पीसीआर प्रयोगशाला बन्द

शैलेन्द्र महतो
बैशाख १७, २०७७ बुधबार ३:३१,

जनकपुर प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला बन्द भएको छ।

प्रादेशिक प्रयोगशालाको पीसीआर रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेपछि एक सातादेखि स्वाब परीक्षण सेवा बन्द भएको प्रयोगशालाका अधिकृत युगलकिशोर यादवले जानकारी दिए।

कोरोना परिक्षण गर्न प्रदेश २ मै पहिलोपटक चैत २१ गते जनकपुरधाम प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरिएको थियो। यस प्रयोगशालामा हालसम्म १०१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको थियो।

तर, परीक्षण गरिएकामध्ये सर्लाहीका १ जना र रौतहटका २ जना गरी ३ जनाको स्वाब पुनः काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि जनकपुरको पीसीआर प्रयोगशालाको विश्वसनीयतामाथि प्रश्न उठेको हो।

पीसीआर प्रयोगशाला बन्द भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएको छ।

जनकपुरको पीसीआर मेसिन फिर्ता गरी प्रदेश सरकारले अर्को नयाँ मेसिन ल्याउने तयारी गरेको समाजिक विकास मन्त्रायका सचिव रामप्रसाद घिमिरेले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad