समाज


भारतमा कोरोना : एकै दिन ६९ को मृत्यु, १९ सय संक्रमित

भारतमा कोरोना : एकै दिन ६९ को मृत्यु, १९ सय संक्रमित

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ३:५१,

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ।

मंगलबार मात्रै कोरोना संक्रमणबाट भारतमा ६९ जनाले ज्यान गुमाएका छन्। यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

भारतमा संक्रमितको संख्या ३१ हजार ३६० पुगेको छ। त्यहाँ मंगलबार मात्रै १९ सय ९ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म भारतमा सात हजार सात सय भन्दा धेरै उपचारपछि निको भएका छन्। अहिलेसम्म भारतमा सात हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ। त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ।

कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad