मानव अधिकार तथा शान्ति समाजले सात महिलासहित सात प्रदेशका ९ भाषाका ११ स्रष्टालाई पुरस्कार प्रदान गरेको छ।
बुधबार आयोजित कार्यक्रममा डा गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लक्ष्मी मालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता सम्मान, रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात, वागदेवी राईलाई जोगमाया बराल स्रष्टा सौगात, पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, शर्मिलाकुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, गौरी तमुलाई जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान गरिएको हो।
यसैगरी प्रा चूडामणि रेग्मीलाई पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान, प्राडा गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रदान गरिएको छ। पुरस्कार परिवारका सदस्य तथा प्रतिनिधिले ग्रहण गरेका थिए।
पुरस्कृत स्रष्टाहरूले नेपालीका अतिरिक्त नेपाल भाषा (नेवारी), संस्कृत, मैथिली, भोजपुरी, थारू, राई, मगर र गुरुङ गरी नौ भाषामा विशेष योगदान गरेका छन् भने अङ्ग्रेजी भाषामा समेत उनीहरूका कृति प्रकाशित छन्।
शान्ति समाजले विसं २०७७ देखि पुरस्कार प्रदान गरिरहेको समाजका उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन्।
उनका अनुसार दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा तीर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गरिएको छ।
स्वास्थ्य अवस्थाका कारण उनीहरू उपस्थित हुन सकेनन्।
समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, पूर्वमुख्य न्यायाधीश शेषराज शिवाकोटी, कवि अर्जुन पराजुली, शान्ति समाजका पूर्वसभापतिहरु होमकान्त चौलागाईं र रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार रामप्रसाद जोशी, सचिव दिल्ली जैसी, सचिव दिवाकर पुडासैनी, सचिव प्रेम पटेल, सचिव तुुलसीराम सुनार, कोषाध्यक्ष चन्द्रमणि बञ्जारा, पूर्वकोषाध्यक्ष किरण ढकाल र स्रष्टा रामबाबु दाहालको उपस्थिति थियो।
Shares

प्रतिक्रिया