समाज


स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न मन्त्रालयको आग्रह

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १४:५२, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिबायोटिकलगायत औषधि स्वास्थ्यकर्मीको सल्लाहबिना सेवन नगर्न सुझाव दिएको छ।  स्वास्थ्यकर्मीको सल्लाहबिना नै एन्टिबायोटिकलगायत औषधि सेवन गरे स्वास्थ्य जोखिममा पर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचना जारी गर्दै भनेको छ, 'जब ब्याक्टेरिया, ढुसी र भाइरस समयसँगै परिवर्तन भएर औषधि अप्रभावी हुन्छन्, तब प्रतिजैविक प्रतिरोध विकास हुन्छ। यसबाट रोगको सन्चो नहुने हुन्छ।' 

स्वास्थ्यकर्मीले सिफारिस गरेको अवस्थामा मात्र प्रतिजैविक औषधि प्रयोग गर्न मन्त्रालयले भनेको छ। 

यस्तै, औषधि पूरा मात्रामा लिन, बीचमै नरोक्न, बाँकी औषधि पुनः प्रयोग नगर्न र अरूलाई पनि नदिन मन्त्रालयले आग्रह गरेको छ।

पशुपन्छी बिरामी पर्दा पशु स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिगत सरसफाइमा ध्यान दिन पनि मन्त्रालयले सुझाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad