समाज


तीव्र गतिको मोटरसाइकल रोकिराखेको ट्याक्टरमा ठोकिँदा चालकको मृत्यु, अर्का युवक घाइते

तीव्र गतिको मोटरसाइकल रोकिराखेको ट्याक्टरमा ठोकिँदा चालकको मृत्यु, अर्का युवक घाइते

नेपालखबर
मंसिर ७, २०८२ आइतबार ६:५, काठमाडौँ

झापामा गएराति ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्। 

मेचीनगर नगरपालिका- १५ हेल्दुबारीस्थित भित्री सडकखण्डमा भद्रपुरबाट इटाभट्टा तर्फ जाँदै गरेको प्र.१-०१-०१३ प. ३३३६ नम्बरको मोटरसाइकलले सडक किनारामा रोकिराखेको प्रदेश १. प्र.१-०१-००१ त. ९९७७ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३८ वर्षीय बिनोद राउतको मृत्यु भएको छ। गम्भीर घाइते राउतलाई सुरुमा प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। 

उपचारकै क्रममा गएराति नै उनको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकको पछाडि सवार सोही ठाउँका २१ वर्षी निश्चल भुजेल गम्भीर घाइते भएका छन्। उनको पनि बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ। 

दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad