समाज


आफैँले चलाएको गाडी भिरबाट खस्दा कांग्रेस नेताको मृत्यु

आफैँले चलाएको गाडी भिरबाट खस्दा कांग्रेस नेताको मृत्यु

नेपालखबर
मंसिर ७, २०८२ आइतबार ८:१९, काठमाडौँ

गएराति चितवनमा भएको गाडी दुर्घटना नेपाली कांग्रेसका स्थानीय एक नेताको मृत्यु भएको छ।  

कालिका नगरपालिका- ११ मा शनिबार राति साढे ११ बजेतिर बा.१८च८९७३ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

दुर्घटनामा कांग्रेसका नेता खैरहनी नगर पालिका- ४ निवासी ६२ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले नेपालखबरलाई दिएको जानकारी अनुसार बोलेरो न्यौपाने आफैँले चलाएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बलेरो अनियन्त्रित भएर सडकबाट करिव १५० मिटर तल खसेको पाइएकाे प्रहरीले जनाएकाे छ। 

नेपाली कांग्रेसका स्थानीय नेता न्यौपानेले सामुदायिक वन र रेडक्रसमा पनि सक्रिय थिए। उनी व्यवसायिक मौरी पालक किसानको रूपमा पनि परिचित थिए।

पार्टीले टिकट नदिएपछि न्यौपाने यसअघि प्रदेशसभा सदस्यमा बागी उम्मेद्वारसमेत बनेका थिए। खैरहनी नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउन पनि उनको महत्वपूर्ण योगदान छ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad