समाज


छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

नेपालखबर
मंसिर ८, २०८२ सोमबार ५:३१, काठमाडौँ

काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ।

कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले ठक्कर दिँदा सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

गुडिरहेको बसबाट खस्दा बसले किचेर गम्भीर घाइते भएका उनकाे वीर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएकाे । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै मोरङ, बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने सप्तरी राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यस्तै कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु ३ त ५९५० नम्बरको थ्रेसर आइतबार दिउँसो दुर्घटना हुँदा थ्रेसरमा सवार सोही नगरपालिका–३ झण्डेनगर बस्ने ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको छ।

थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad