पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै सजाय स्वरुप कारागार चलान गर्नु पर्ने फैसला गरेको सिन्ह्वाले जनाएको छ।
उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचार विरुद्ध देशव्यापी र व्यापक आन्दोलनहरू भइरहेका बेला अदालतले यस्तो फैसला गरेको हो।
मन्त्री हुँदा कृषि र स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका पुर्वमन्त्री बेर्कात अहिले ७१ बर्षको भए। गलत शासन र अनियमितताको आरोप उनीमाथि लागेको छ।
पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लिका शक्तिमा आएसँगै सन् १९९९ मा बेर्कात मन्त्री बनेका थिए।
यसअघि गत आइतबार त्यही मन्त्रालयका अर्का पूर्वमन्त्री डिजामेल औल्ड अब्बेसलाई पनि यस्तै मुद्दामा जेल सजायको फैसला भएको थियो।
यी बाहेक दुई पूर्व प्रधानमन्त्री अब्डेल्मालेक सेल्लाल र अहमद औयाहीयासहित केही उच्च सरकारी अधिकारीहरूलाई पनि भ्रष्टाचारको अभियोगमा यसअघि नै जेल चलान गरिसकिएको छ।
लोकतन्त्र र कानुनी शासनको माग गर्दै आन्दोलन भइरहेका बेला गत फेबु्रअरी २२ देखि भ्रष्टाचारको अभियोगमा विभिन्न व्यक्तिलाई पक्राउ गर्दै भ्रष्टाचारी ठह¥याउदै जेल जलान गर्दै आइएको छ।

प्रतिक्रिया