काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) ७ डिग्री सेल्सियसमा झरेको छ।
यसअघि आजै बिहान ५:४५ बजे ७.४ डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे ७ डिग्री सेल्सियसमा ओर्लिएको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा बिहान ५:४५ बजे मापन गर्छ भने पछि फेरि ८:४५ बजे अपडेट गर्छ।
यस क्रममा महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि दिएको छ। जसअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ५.५ डिग्री सेल्सियस छ।
हेर्नुहोस् तापक्रमको सूची:

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
अत: माथिको सूचीमा न्यूनतम तापक्रम आजैका हुन् भने अधिकतम तापक्रम हिजो सोमबारका हुन्।
Shares

प्रतिक्रिया