हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बुधबार बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति भने कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै बिहीबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति भने कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
मौसम महाशाखाका अनुसार शुक्रबार दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति भने कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
Shares

प्रतिक्रिया