समाज


६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार ११:५२, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ६.५ डिग्री सेल्सियसमा झरेको छ।

यसअघि आजै बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो। 

तर पछि बिहान ८:४५ बजे पुन: मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम महाशाखाले हरेक बिहान सुरुमा ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मापन गरे पनि बिहान ८:४५ बजे आधिकारिक न्यूनतम तापक्रम आफ्नो वेबसाइटमा सार्वजनिक गर्छ। 

सबैभन्दा तल झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा माथि पुगेको तापक्रम अधिकतम तापक्रम हुन्छ।  

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

मौसम महाशाखाले अहिलेसम्म उपलब्ध गराएको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.४ डिग्री सेल्सियस छ। 

हेर्नुहोस् तापक्रम सूची: (न्यूनतम आजका हुन् भने अधिकतम हिजोका)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad