समाज


धनकुटामा स्कुल बस दुर्घटना, २९ जना घाइते

धनकुटामा स्कुल बस दुर्घटना, २९ जना घाइते

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १८:४०, धनकुटा

धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीस्थित कोसी लोकमार्गमा स्कुल बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। 

तेह्रथुमबाट धरानतर्फ फर्किँदै गरेको पिङ्क लोटस इंग्लिस बोर्डिङ स्कुल (रामधुनी–५, सुनसरी)को काे १ ख ५३१३ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो।

उक्त बसमा ३६ जना विद्यार्थी, ३ जना शिक्षक तथा २ जना चालक दलका सदस्यसहित ४१ जना सवार थिए। 

शैक्षिक भ्रमणबाट फर्किने क्रममा बस सडकबाट चिप्लिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो। २४ जना घाइते विद्यार्थीसहित २९ जनालाई जिल्ला अस्पताल धनकुटा पुर्‍याइ उपचार सुरू गरिएको प्रहरीले जनाएको छ। 

सबै घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ। दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad