समाज


केशरमहलमा ईभी कारले ठक्कर दिएका पैदल यात्रीको मृत्यु

ट्राफिक प्रहरीसहित दुई घाइते
केशरमहलमा ईभी कारले ठक्कर दिएका पैदल यात्रीको मृत्यु

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १९:४, काठमाडौँ

काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा प्रहरीसहित २ जना घाइते भएका छन्। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आज अपराह्न ड्युटीमा रहेका ट्राफिक प्रहरीसहित एक पैदलयात्रीलाई बा प्र ०१-०३० च २३४८ नम्बरको इभी कारले ठक्कर दिएको थियो। 

दुर्घटनामा पहिचान नखुलेका एक पुरुष पैदलयात्रीको मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनामा घाइते उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत  ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका घाइते भएका छन्। कार २ जनालाई ठक्कर दिएर केशर महलको पर्खालमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।रासस

दरबारमार्गमा ईभी कार दुर्घटना : प्रहरी र पैदल यात्रीलाई ठक्कर दिँदै केशर महलको पर्खालमा ठोक्कियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad