समाज


सिन्धुलीबाट शैक्षिक भ्रमणमा सौराह गएकी १८ वर्षीया युवतीको ४ तले होटलको छतबाट खसेर मृत्यु

सिन्धुलीबाट शैक्षिक भ्रमणमा सौराह गएकी १८ वर्षीया युवतीको ४ तले होटलको छतबाट खसेर मृत्यु

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार ८:५५, काठमाडौँ

चितवनमा सौराहामा होटलको छतबाट खसेर १८ वर्षीया युवतीको मृत्यु भएको छ। 

गएराति करिब सबा ११ बजे रत्ननगर नगरपालिका–६ सौराहास्थित होटल पार्क साइटको छतबाट खसेर उनको मृत्यु भएको हो। 

चारतलामाथि छतबाट खसेर ज्यान गुमाउने युवती सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार  गम्भीर घाइते पाख्रिनको उपचारका क्रममा .बकुलहर अस्पताल, टाँडीमा मृत्यु भएको हो। 

उनी सिन्धुलीबाट शैक्षिक भ्रमणको क्रममा सौराहा गएकी थिइन्।  

उनको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad