मोरङमा प्रहरीले स्रोत नखुलेको करिब साढे ६ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका-१८ का रवि साहलाई विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट अवैध रकमसहित पक्राउ गरिएको हो।
को २४ प ७९८४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका साहको साथबाट स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
बुधबार प्रादेशिक अनुसन्धान समूहको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अवैध रकम फेला परेको कोसी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
मोटरसाइकलसहित पक्राउ परेका साहबारे इलाका प्रहरी कार्यालय (रानी) ले थप अनुसन्धान गरिरहेको छ।
357
Shares

प्रतिक्रिया