समाज


सामुदायिक वन उपभोक्ता समूहका चार पूर्वपदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

सामुदायिक वन उपभोक्ता समूहका चार पूर्वपदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १९:४४, काठमाडौँ

जाजरकोटस्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ। 

तत्कालीन अध्यक्ष अमृते दमाई, सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्मा पाण्डेविरुद्ध सामुदायिक वनको रकम बदनियतपूर्वक हिनामिना र दुरुपयोग गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो। 

आयोगको अनुसन्धानअनुसार उनीहरूले विभिन्न शीर्षकमा नक्कली बिल, काम नै नगरी खर्च देखाउने, आगलागी नियन्त्रणमा सहभागी नबनेका व्यक्तिको नाममा भुक्तानी गर्नेलगायतका क्रियाकलापमार्फत कुल रु नौ लाख ६५ हजार ८७३ हिनामिना गरेको देखिएको छ।

आरोपीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ का सम्बन्धित दफाअनुसार कैद, जरिवाना र विगो असूल गर्न मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad