समाज


यूके पठाइदिन्छु भन्दै ४८ जनाबाट ४ करोड ३९ लाख ठगी, काठमाडौँबाट भागेका २ जना झापामा पक्राउ

यूके पठाइदिन्छु भन्दै ४८ जनाबाट ४ करोड ३९ लाख ठगी, काठमाडौँबाट भागेका २ जना झापामा पक्राउ

नेपालखबर
मंसिर २८, २०८२ आइतबार ८:२८, काठमाडौँ

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाडौँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने काठमाडौँ महानगरपालिका-२७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह भन्ने अनुप कुमार सिंह र भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा मेलुङ गाउँपालिका-७ घर भएका ५१ वर्षीय नर बहादुर श्रेष्ठ भन्ने लड्डु बहादुर श्रेष्ठ रहेका छन्।     

उनीहरूले युके पठाइदिन्छु भन्दै ४८ जना पीडितहरूबाट ४ करोड ३९ लाख ५१ हजार ५ सय ५८ रूपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीबाट पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ।                          

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad