नेकपा (एमाले)को एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनअघि नेता तथा कार्यकर्ता काठमाडौँको भृकुटीमण्डप पुगेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र अघि केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। जसले गर्दा देशभरबाट आएका नेता तथा कार्यकर्ता भृकुटीमण्डपमा पुगेपछि चहलपहल बढेको छ।
केन्द्रीय कमिटीको बैठक सकिए लगत्तै बन्दसत्र सुरु हुनेछ। त्यससँगै नेतृत्व चयनको प्रक्रिया पनि थालिने एमालेले जनाएको छ।











72
Shares

प्रतिक्रिया