रुखबाट लडेर मकवानपुरमा एक युवकको मृत्यु भएको छ। मनहरी गाउँपालिका–७ निवासी ती युवककाे आज बिहान रुखबाट लडेर मृत्यु भएको हाे।
स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई हाल मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको हाे।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार रुखबाट लडेर गम्भीर घाइते लामालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियाे।
उपचारकै क्रममा आज बिहान १०ः२० बजे उनकोमृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।
96
Shares

प्रतिक्रिया