देशका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका-१२ सतुङ्गलस्थित सडकमा प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०६१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-१० सतुङ्गल बस्ने २५ वर्षीय आयुष महर्जन रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बा.प्र.०२(०६१ प ३८३५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ।
त्यसैगरि महोत्तरीको औरही नगरपालिका-९ टिमकियामा प्रदेश २-०२-००४ प ७२२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ बस्ने सोनमा गाउँपालिका-३ घर भएका ५५ वर्षीय अरूण यादवको सोमबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि सर्लाहीको रामनगर गाउँपालिका-५ बैजनाथ चोकस्थित सडकमा वीआर ३० एएल ४२९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमो बिष्णु गाउँपालिका-१ बाराउधोरण बस्ने ४० वर्षीय रमेश दास रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लिपिङस्थित सडकमा म.प्र ०३-००१ ख ७५९६ नम्बरको टेलरको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय सागर घतानीको सोमबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो। टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि इलामको माई नगरपालिका-४ ज्यामुदारस्थित सडकमा प्र.१-०१-००१ च ८७३५ नम्बरको पिकअप गाडी र प्र.१-०१-०१२ प ७१५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ।
सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार फाकफोकथुम गाउँपालिका-३ बस्ने २८ वर्षीय जीवन राईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया