समाज


सुनसरी र रुकुमपश्चिममा २ पुरुषका शव भेटिए

सुनसरी र रुकुमपश्चिममा २ पुरुषका शव भेटिए

नेपालखबर
पुस १, २०८२ मंगलबार १५:१०, काठमाडौँ

सुनसरी र रुकुमपश्चिममा दुई जनाको शव फेला परेको छ। 

प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका-२ बसन्त टोल बस्ने ४७ वर्षीय राजेश बिष्ट आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। 

त्यसैगरि रुकुमको मुसिकोट नगरपालिका-९ स्याँला बस्ने ६१ वर्षीय खड्क बुढा पनि मृत फेला परेका छन्। 

उनी आफ्नै घर नजिकै रहेको खोलामा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। 

यी दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad