हृदयघातपछि अस्पताल भर्ना भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज डिस्चार्ज हुँदैछन्।
एक सातादेखि धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत राजदूत श्रीवास्तवको स्वास्थ्यमा सुधार आएपछि आज घर फर्काइने अस्पतालले जनाएको छ।
गत शनिबार कीर्तिपुरस्थित चम्पादेवी हाइकिङका क्रममा उनलाई हृदयघात भएको थियो। हृदयको बायाँ नसामा अवरोध देखिएपछि एक घण्टाभित्रै अस्पताल पुर्याइएर तत्काल एन्जियोप्लास्टीमार्फत नसा खोलिएको थियो।
समयमै उपचार भएकाले स्वास्थ्य अवस्था निरन्तर सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन्।
162
Shares

प्रतिक्रिया