देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित सडकमा प्र-१-०५०-०१ प १७६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही नगरपालिका-१ डाँडाछाप बस्ने ५५ वर्षीय पदम बहादुर खड्का रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई
नियन्त्रणमा लिएको छ।
त्यसैगरि मोरङको सुन्दरहरैँचा नगरपालिका-१ पचाम चोकस्थित सडकमा को.३६ प ५०९५ नम्बरको स्कुटर बाँस बोकेको साइकलसँग ठोकिएर दुर्घटना हुँदा स्कुटरमा सवार एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका-१२ बस्ने ६४ वर्षीया जिवन कुमारी श्रेष्ठ रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले साइकलयात्रीलाई नियन्त्रणमा लिएको छ।
त्यसैगरि चितवनको भरतपुर महानगरपालिका-२९ मुग्लिन नारायणगढ सडकमा प्रदेश २-०३- ००१ ख ४४२७ नम्बरको ट्रकले लु-प्र-०१-००८ प ६२९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका-८ घर भएका ३२ वर्षीय अनिष नेपाल रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
त्यसैगरि नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१ सुनवल चोकस्थित सडकमा लु.१ ख ७३८१ नम्बरको माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका-१२ प्रतापपुर बस्ने २१ वर्षीया मनिषा क्षेत्री रहेका छन्।
ठक्करबाट गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिएको छ।
त्यसैगरि सुनसरीको इटहरी उपमहानगरपालिका-२० पानीपियाक जंगलस्थित सडकमा प्रदेश १-०२-०५१ प ३७५५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका-३ बस्ने ३४ वर्षीय सुसान्त राज ताम्राकारको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया