काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारभन्दा सोमबार (आज) झन्डै २ डिग्री सेल्सियस बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस देखिएको हो।
आइतबार भने यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे ५.५ कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ५:४५ बजेको भन्दा घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाका मौसमविद्का अनुसार आज काठमाडौँ उपत्यकासहित देशका अन्य स्थानमा पनि आइतबारभन्दा न्यूनतम तापक्रम केही बढेको छ। राति आकाशमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको हो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
आइतबार यस्तो थियो काठमाडौँसहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम :

Shares

प्रतिक्रिया