झापामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
झापाको दमक नगरपालिका-७ लालिगुराँस टोलको भित्री सडक खण्डमा बागमति प्रदेश -०२-०१७ प ३३४४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा झापाकै कमल गाउँपालिका- ६ बस्ने ३८ वर्षीय बिनोद राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनको शव घटनास्थलमै फेला परेको हो।
स्थानीय हनुमान मन्दिरतर्फबाट रतुवापुलतर्फ जाँदै गरेको जस्तो देखिने अवस्थामा मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाई छ। राति कतिबजे सो दुर्घटना भएको हाे खुलेको छैन।
घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएको छ।
474
Shares

प्रतिक्रिया