समाज


राशिफल १० पुस : मेष प्रेममा पर्ने, वृश्चिकको दिन दिक्दारीपूर्ण, तपाईँको भाग्य कस्तो?

राशिफल १० पुस : मेष प्रेममा पर्ने, वृश्चिकको दिन दिक्दारीपूर्ण, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
पुस १०, २०८२ बिहिबार ४:३७, काठमाडौँ

आज बिहीबार, १० पुस २०८२ (२५ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: लगनशीलताले आँटेको पूरा हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। तपाईँको दृढ निश्चय नै जितको पहिलो पाइला हुनेछ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: नयाँ कार्यको थालनी हुन सक्छ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक क्षेत्रबाट लाभ मिल्न सक्छ। सपना देख्ने आँखा कमजोर हुँदैनन् भन्ने बुझ्नु पर्छ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मिथुन: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा सफल भइनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइनेछ।

भाग्यशाली रङ सेतो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। आहारविहारमा ध्यान दिन आवश्यक छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ। साँझमा वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३८, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

सिंह: यस राशिका जातकको आज जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। प्रेम जीवन ठिकै रहनेछ। गहिराइमा साँचो शक्ति लुकेको हुन्छ भन्ने बुझ्नुहोला।

भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: लामो समयदेखि रोकिएको काम फत्ते हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: घरपरिवारको भरपुर सहयोग रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। शुभकार्यमा सरिक भइनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। आर्थिक कारोबारमा लाभ मिल्नेछ। मनको शान्ति नै साँचो सफलता हो भन्ने मनन गर्नुहोस्।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

वृश्चिक: ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला, औषधि उपचार खर्च बढ्न सक्छ। बेलुकी पख हौसला र उत्साह मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: रमाइलो र सुखद यात्राको योग छ। अतिथिको रूपमा सत्कार पाइएला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अर्थ बजार मजबुत रहनेछ।

भाग्यशाली रङ हरियो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मकर: कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्ला। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कुम्भ: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक यात्राको योग छ। अचल सम्पत्ति हात पर्ला।

भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मीन: बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। राजनीतिक कार्यमा बाधा आउला। आलोचना गर्नेहरूसँग सजग रहनुपर्ने देखिन्छ। अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ। शुभ कार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad