समाज


आज यी चार प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा-हिमपातको सम्भावना

आज यी चार प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा-हिमपातको सम्भावना

नेपालखबर
पुस १४, २०८२ सोमबार ९:४१, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) चार प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना देखिएको छ। 

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार तराई भूभागका अधिकांश स्थानमा दिउँसो पनि हुस्सु/कुहिरो रहनेछ। अनि सबै प्रदेशका तराई भूभागमा मध्याह्नसम्म हुस्सु/कुहिरोको सम्भावना छ।

यसैगरी आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

मौसम महाशाखाका अनुसार राति पनि तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ। अनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad