समाज


शरीरमा कीटनाशक पदार्थ छर्किँदा भाइरस मर्दैन, हानि गर्छः स्वास्थ्य मन्त्रालय

शरीरमा कीटनाशक पदार्थ छर्किँदा भाइरस मर्दैन, हानि गर्छः स्वास्थ्य मन्त्रालय

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १०:५६,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शरीरमा कीटनाशक पदार्थ छर्कदैँमा कोरोना भाइरस निको नहुने तर त्यसले स्वास्थ्यमा असर गर्ने जनाएको छ।

देशका विभिन्न स्थानमा कीटनाशक झोलहरु शरिरमा छर्कने गरिएका खबर तथा तस्बिरहरु सार्वजनिक भइरहेका बेला मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्ता किटनाशक झोलमा पानीमा मिसाइएको सोडियम हाइड्रोक्लोराईड र क्लोरिनको झोल हुने भएकाले त्यसले शरिरमा हानी पुर्‍याउने बताए।

‘शरिरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल, कुनै ब्लिच, कीटनाशक झोल, क्लोरिन जस्ता डिसइन्फेक्टहरु शरिरमा लगाउँदा वा छर्कदा यो भाइरस नास हुँदैन,’ उनले भने, ‘भाइरसको वृद्धि हाम्रो शरिरको कोषभित्र भइरहेको हुन्छ। यस्ता झोलहरुले हाम्रा आँखा नाक मुख आदिमा धैरै हानी पुर्‍याउँछन। मानिसमा सिधैँ यस्ता कीटनाशक पदार्थहरु छरिनु हानिकारक छ।’

यस्ता डिसइन्फेक्टहरु सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वास सम्बन्धी बिभिन्न समस्याहरु पनि उत्पन्न भएको विभिन्न अध्ययनहरुले देखाएको प्रवक्ता देवकोटाले बताए।

तथापी तोकिएको मापदण्डहरु पूरा गरेर सही तरिकाले सही मात्रामा कीटनाशक छर्कँदा भुई र सतहहरुलाई भने निसंक्रमण गर्न मद्दत पुग्ने उनले जनाए।

उनले बिभिन्न सवारी साधनहरु, हामीले छुने गरेका बिभिन्न बस्तुहरु, प्याकिङ गरिएका सामग्री आदिमा स्प्रे गरेर ती वस्तुका सतहलाई निसंक्रमण गर्न सकिन्छ।

कोभिड १९ बाट जोगिने सबैभन्दा सरल र महत्वपूर्ण उपाय २० सकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने र लकडाउनको पालना गरेर सामाजिक दूरी कायम गरेर यो भाइरसबाट जोगिन सक्ने उनले बताए।

याे पनि: 

कोरोनाभाइरस कसरी सर्छ? कपडाको मास्कले संक्रमण रोक्छ? यसो भन्छ डब्ल्यूएचओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad