समाज


नयाँ वर्ष सन् २०२६ सुरु

नयाँ वर्ष सन् २०२६ सुरु

सन् २०२६ को पूर्वसन्ध्यामा बुधबार बेलुका ठमेलमा देखिएको चहलपहल।


नेपालखबर
पुस १७, २०८२ बिहिबार ५:४२, काठमाडौँ

ग्रेगोरियन पात्रोअनुसार आज (बिहीबार) इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। 

येसु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो।

नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रोअनुसारको चाडपर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन्।

सन् २०१६ को पूर्वसन्ध्यामा गएराति चीनको राजधानी बेइजिङमा हर्षोल्लास गरिँदै।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ।

यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन्।

विभिन्न संवत्‌को अध्ययन अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्त सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालमै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्‌को प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन्।

३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन।

त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ।

इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए।

पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ।

नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा बुधबार बेलुका ठमेलमा देखिएको चहलपहल।

नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँका ठमेल, बौद्ध तथा उपत्यकाबाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ।

नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा विदेशका केही तस्बिर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad