समाज


ललितपुरमा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

ललितपुरमा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १०:३, काठमाडौँ

ललितपुरमा टिपरले ठक्कर दिँदा एकजना पैदल यात्रुको मृत्यु भएको छ। 

प्रहरी परिसर ललितपुरका अनुसार बिहिबार राति साढे ९ बजेतिर एकान्तकुनाबाट महालक्ष्मीस्थानतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा पैदलयात्रुको भएको हो। 

बा.४ ख १४७० नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँमा ४१ वर्षीय दीपेन्द्र सिलवालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्कालै पाटन अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउनासाथ चिकित्सकले सिलवाललाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि टिपर चालक सिन्धुलीको मरिण गाउँपालिका–६ घर भएका ३८ वर्षीय सोवित कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad