विभिन्न ३ आयोगले मेधसमा हालै भइरहेको समाजिक सद्भाव विथोलीने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन्।
सामेबार ती अयोागले संयुक्त विज्ञप्ति जारी गर्दैै सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न आग्रह गरेका हुन्।
‘नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही समययता तराई मधेशका केही स्थानहरुमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकोले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न सम्बद्ध सबैमा संयुक्तरुपमा हार्दिक अपील गर्दछौं।’
विज्ञप्तिमा मधेसी आयोग, थारु आयोग र मुस्लि आयोगका पदाधिकारीले हस्ताक्षर गरेका छन्।
पर्सा लगायतका जिल्लामा पछिल्लो केही दिनयता धार्मिक तथा सामाजिक विवादका कारण उत्पन्न भएका कारण तनावको स्थिति सिर्जना भएको छ।
तनाव बढ्दै गएपछि पर्सा प्रशासनले सोमबार साँँझ ६ बजेदेखि लागू हुनेगरि वीरगञ्जमा कर्फ्यू लगाएको छ।
टिकटकबाट सुरु भएको विवाद बढ्दै गएपछि धार्मिक, समाजिक द्वन्द्वको खतरा निम्तिएको हो।
केही दिनअघि धनुषा जिल्लाको जनकपुर क्षेत्रमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले एउटा विवादस्पद भिडिओ टिकटकमा अपलोड गरेका थिए।
उक्त भिडिओले धार्मिक सहिष्णुता बिगारेको भन्दै स्थानीयले दुवै युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए।
यस विषयमा इलाका प्रहरी कार्यालय, खजुरीमा छलफल भइरहँदा पक्राउको विरोध गर्ने र पक्राउको समर्थन समूहबीच झडप भएको थियो।

Shares

प्रतिक्रिया