समाज


विशेष महाधिवेशनको हलबाहिर गएर अब समाधान हुँदैन: गगन थापा

विशेष महाधिवेशनको हलबाहिर गएर अब समाधान हुँदैन: गगन थापा

नेपालखबर
पुस २९, २०८२ मंगलबार २०:७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र देखिएका समस्याहरुको विषयमा निर्णय गर्ने अधिकार विशेष महाधिवेशनको हललाई मात्र भएको बताएका छन्।

मंगलबार भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्रको हललाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले पार्टीभित्र देखिएको विवादको सम्बनधमा संवाद जारी रहेपनि महाधिवेशनको हल बाहिर गएर टुंगिन नसक्ने टिप्पणी गरेका हुन्। 

उनले पार्टी निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढिसकेको उल्लेख गर्दै ती कार्यक्रमहरु स्थगित नहुने स्पष्ट पारे। उनले पार्टीभित्र टिकट वितरणको विषयमा बार्गेनिङ भइरहेको भनि फैलाइएको हल्लाप्रति आपत्ति पनि जनाए। हजारौँ प्रतिनिधि दुई दिनदेखि पार्टी सुधारका विषयमा मन्थन गरिरहेको भन्दै महामन्त्री थापाले यसलाई टिकटको स्वार्थसँग जोडेर अपमान गर्ने प्रयास नगर्न चेतावनी दिए। 

उनले भने, ‘साथीहरुले पार्टीभित्र देखिएका केही समस्याहरुलाई संवादबट टुंग्याउन सकिन्छ कि भनेर संवाद पनि गरिरहेका छन्। त्यो छलफल पनि आवश्यक थियो। तर त्यो छलफलको कुरा यो हलबाट बाहिर कतै गएर पनि टुंगिदैन। यो विशेष महाधिवेशन हो यही हलले गर्नेछ। भोलि बिहान पनि प्रतिनिधिहरु आएर निर्णय गर्‍यो भने महामन्त्रीहरूले त्यो निर्णयलाई शिरोधार्य गर्नुपर्छ। हलले जे अनुमोदन गर्छ त्यो कुरालाई मान्ने हो। हलले अनुमोदन नगरेको केही पनि मानिँदैन।’

उनले पार्टीलाई सही दिशामा लैजान नेतृत्व र नीति दुवै परिवर्तन गरिने दोहोर्‍याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad