प्रदेश २ मा पीसीआर प्रविधि मार्फत कोरोना परीक्षणले तिव्रता पाएको छ। पर्सा जिल्ला स्थित वीरगञ्जमा रियलटाइम पीसीआर मेसिन जडान भएपछि स्वाब स्वाब परिक्षणले तिव्रता पाएको हो।
वीरगञ्जमा मंगलबारदेखि औपचारिक रुपमा सुरु रिएलटाइम पीसीआर मेसिनबाट दैनिक १ सय ८ जनासम्मको स्वाब परिक्षण हुने जनाएको छ। त्यस मेसिनमा एकचरणमा ३६ वटासम्म स्वाब परीक्षण गरी रिपोर्ट दिने क्षमता रहेको प्रदेश २ माजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार दैनिक तीन चरणमा हुने स्वाब परिक्षणमा दैनिक १ सय ८ जनाको रिपोर्ट दिइने छ।
यस्तै, जनकपुर स्थित प्रादेशिक प्रयोगशालाबाट पनि गएको आइतबारबाट नयाँ पीसीआर मेसिनबाट स्वाब परिक्षण भइरहेको छ। प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको नयाँ मेसिनबाट ८० मिनेटमा २ जनाको रिर्पोट दिइरहेको छ भने दैनिक १६ देखि २० जनासम्मको रिपोर्ट दिने क्षमता रहेको प्रादेशिक प्रयोगशाला प्रदेश २ का ल्याब टेक्निसियन युगलकिशोर यादवले जानकारी दिए।
काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे प्रदेश २ मा बुधबार मात्रै पर्सामा १७ जना कोरोना संक्रमित थपिएका छन्।
खुला सिमानाका कारण भारतबाट अवैध रुपमा मानिसहरु आउनसक्ने भएकोले सिमानामा कडाइ गरिएको छ।

प्रतिक्रिया