समाज


जिप दुर्घटनामा ज्यान गुमाउने ३ जनाको सनाखत, चालक प्रहरी सम्पर्कमा

जिप दुर्घटनामा ज्यान गुमाउने ३ जनाको सनाखत, चालक प्रहरी सम्पर्कमा

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०८२ शनिबार ७:१७, काठमाडौँ

कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। 

शुक्रबार साँझ ६ बजे शुभकालिका ४ कुडीबाट भे १ च २८९८ नम्बरको जिप तिला नदी किनारमा खसेको हो। 

सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा जिप ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा दुईजना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेका कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए।

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन्। 

तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न मजदुर हुन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

भिरबाट तीन वटै शव निकालिएको प्रहरी प्रमुख खत्रीले बताए। उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ। 

जिप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।

सुरुमा प्रहरीले दुर्घटनामा एकजना बेपत्ता भएको बताए पनि पछिल्लो विवरणमा प्रहरीले यस विषयमा केही खुलाएको छैन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad