काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) माघ लागेयताकै कम देखिएको छ।
मौसम पूर्वानुमान माहशाखाले नेपालबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो।
अझ यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।
हिजो मंगलबार सुरुवाती मापनमा ४.५ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि घटेर ४.४ डिग्री सेल्सियस कायम भएको थियो।
पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम माघ १ गते ३.६ डिग्री सेल्सियसमा उक्लिएको थियो।
त्यसयता काठमाडौँको न्यूनतम तापक्रम माघ २ गते ४.४, माघ ३ गते ४.९, माघ ४ गते ४.२, माघ ५ गते ४.५ र हिजो माघ ६ गते ४.४ सेल्सियस थियो।
अब आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउनेछ।
मौसम महाशाखाका मौसमविद्का अनुसार जाडोयाम बाँकी नै रहेकाले मौसम प्रणाली भित्रिएका खण्डमा तापक्रम अझै घट्ने सम्भावना छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मंगलबार यस्तो थियो तापक्रम विवरण-

Shares

प्रतिक्रिया