समाज


युरो किड्सको अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड नवराज काफ्लेलाई

युरो किड्सको अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड नवराज काफ्लेलाई

नेपालखबर
माघ ७, २०८२ बुधबार ११:७, काठमाडौँ

२४ वर्षदेखि शिक्षा क्षेत्रमा अनवरत योगदान गरिरहेका प्रतिष्ठित शिक्षाकर्मी तथा युरो किड्स र युरो स्कुलका संस्थापक अध्यक्ष नवराज काफ्लेलाई युरो किड्स इन्टरनेसनलले ‘युरो किड्स एक्सिलेन्स अवार्ड-२०२६’ प्रदान गरेको छ। 

आफ्नो स्थापनाको २५औँ वर्ष पूरा भएको अवसरमा युरो किड्स इन्टरनेसनलले उत्कृष्ट नेतृत्व, शैक्षिक गुणस्तर र संस्थागत योगदानबापत काफ्लेलाई उक्त सम्मान गरेको हो।

हाल काफ्लेले काठमाडौँ, भक्तपुर, ललितपुर र सुनसरीको इटहरीमा गरी नेपालमै सबैभन्दा धेरै ५ वटा युरो किड्स सञ्चालन तथा नेतृत्व गरिरहेका छन्। 

उनी विद्यार्थी भिसामा विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीका अभिभावकहरूको संस्था ‘अभिभावक संघ नेपाल’का केन्द्रीय अध्यक्ष पनि हुन्। 

आफैँ अस्ट्रेलिया र अमेरिकाजस्ता देशमा बसेर शिक्षा तथा व्यवस्थापनको अनुभव हासिल गरेका काफ्लेले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ पूर्णकालीन रूपमा यसमा लागिपरेका छन्। 

हाल विश्वमा युरो किड्स इन्टरनेसनलका १ हजार ७ सयभन्दा बढी शाखा छन्, जसमध्ये नेपालमा ३२ वटा छन्।

नेपालका ती ३२ शाखामध्ये उत्कृष्ट कार्यसम्पादन, शैक्षिक गुणस्तर र योगदानका आधारमा अहिलेसम्म ४ वटाले मात्र पुरस्कार पाएका छन्। 

ती हुन्- काठमाडौँ उपत्यकाभित्रका युरो किड्स छाउनी, युरो किड्स विशालनगर, युरो किड्स भक्तपुर तथा उपत्यकाबाहिर युरो किड्स घोरही, दाङ। 

सम्मान कार्यक्रम जनवरी २० मा भारतको मुम्बईस्थित होटल फेयरमोन्टमा भव्य रूपमा सम्पन्न भएको थियो।

युरो किड्सलाई नेपाल बाहिर विस्तार गर्ने दीर्घकालीन योजनाअन्तर्गत काफ्लेले जापानबाट तयारी भइरहेको जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad