आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा १३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १० जिल्लाबाट विभिन्न दल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।
यसपटक मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुँदा जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीबाहेक अन्य ११ सिटमा गठबन्धन विजयी भएको थियो । यसपटक समीकरण फेरिएकाले चुनावी दृश्य रोचक हुने अनुमान छ ।
सुर्खेतमा धेरै उम्मेदवारी
सुर्खेत–१ मा १३ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट विष्णु खड्का, एमालेबाट ध्रुवकुमार शाही र नेकपाबाट जीतबहादुर राना मुख्य प्रतिस्पर्धामा छन् । यस्तै, रास्वपाका टेकबहादुर सिंह ठकुरी, राप्रपाका रविकिरण हमाल र नेमकिपाका गजबहादुर खप्तडी पनि चुनावी दौडमा छन् ।
प्रदेशभरमै सबैभन्दा बढी उम्मेदवार सुर्खेत–२ मा देखिएका छन् । यहाँ १७ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेसका नारायण कोइराला, एमालेका कुलमणि देवकोटा, नेकपाका झकबहादुर मल्ल र रास्वपाका रमेशकुमार सापकोटाबीच यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा तीन जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् ।
कालीकोटमा बागीको चुनौती
हिमाली जिल्लामा सरगर्मी
दैलेख क्षेत्र नम्बर १ मा १० र २ मा ११ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल र कांग्रेसका दिक्पालकुमार शाहीबीच दोस्रो पटक प्रतिस्पर्धा हुने भएको हो।
जुम्लामा बहालवाला सांसद राप्रपाका ज्ञानबहादुर शाहीसहित १० जना मैदानमा छन् । एमालेका शान्तिलाल महत, कांग्रेसका दीपबहादुर शाही र नेकपाका नरेश भण्डारी यहाँका मुख्य प्रतिस्पर्धी हुन् ।
हुम्लामा ८ र मुगुमा ७ जनाको उम्मेदवारी परेको छ । हुम्लामा राप्रपाका छक्क बहादुर बुढा र एमालेका दल फडेराबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।
डोल्पामा ९ जनाको उम्मेदवारी पर्दा नेकपाका धनबहादुर बुढा र कांग्रेसका कर्णबहादुर बुढाबीच मुख्य भिडन्त हुने देखिन्छ । जाजरकोटमा शक्तिबहादुर बस्नेत (नेकपा), खड्कबहादुर बुढा (कांग्रेस) र डम्बरबहादुर सिंह (एमाले) सहित ११ जना मैदानमा छन् । सल्यानमा १६ जना उम्मेदवार हुँदा एमालेका गुलाबजंग शाह र नेकपाका रमेशकुमार मल्लबीचको प्रतिस्पर्धा मुख्य आकर्षण बनेको छ।
रुकुम पश्चिममा १२ जनाको उम्मेदवारी परेको छ । यहाँ प्रलोपाका तर्फबाट जनार्दन शर्मा, नेकपाका गोपाल शर्मा र एमालेका नन्दराम देवकोटाबीच प्रतिस्पर्धा हुने देखिन्छ।
Shares

प्रतिक्रिया