प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा मंगलबार उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग बुधबार (आज) बिहान मतदाताले भेट गरेका छन्।
झापा-५ मा स्थापना गरेको सम्पर्क कार्यालयमा आएका स्थानीयसँग बालेनले कुराकानी गरेका हुन्।
काठमाडौँको मेयर पदबाट राजीनामा दिएर सांसद बन्न चुनावमा होमिएका बालेन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्न झापा-५ पुगेका हुन्।
मेयर हुँदा तत्कालीन प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका बालेन अन्तत: उनैसँग चुनावी भिडन्त गर्न झापा-५ पुगेपछि देशकै ध्यान तानिएको छ।
त्यसो त दुवै जना आगामी प्रधानमन्त्री पदका दाबेदार पनि हुन्।
चुनाव जितेपछि संसदीय दलको नेता चुन्दै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्तमै बालेन रास्वपामा समाहित भएका हुन्।
हेर्नुहोस् बुधबार बिहान बालेनले मतदातासँग भेट गरेका ९ तस्बिर









Shares

प्रतिक्रिया