राजनीति


संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

नेपालखबर
असार २५, २०८३ बिहिबार १२:३५, काठमाडौँ

सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा (एमाले) पनि बाहिरिएको छ। 

बिहीबार एमाले महासचिव शंकर पोखरेलले कार्यदललाई पत्र पठाएर आफ्नो प्रतिनिधि फिर्ता बोलाएको जनाएका छन्। एमालेको पत्रमा भनिएको छ, ‘आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रुपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइउको जानकारी गराउँदछु।’

कार्यदलमा एमालेले डा. भीष्म अधिकारीलाई पठाएको थियो। कार्यदलका सुरुवात बैठकमा अधिकारी सहभागी भएका थिए। 
पछिल्लो समय भने एमाले प्रतिनिधि बैठकमा सहभागी हुने गरेका थिएनन्। कार्यदलका कामकारबाही संदिग्ध प्रकृतिका रहेको भन्दै एमालेले असन्तुष्टि जनाएको थियो। 

नेपाली कांग्रेस यसअघि नै कार्यदलबाट बाहिरिएको थियो। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा लगायतका दल पनि कार्यदबाट बाहिरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad