गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा रहेका १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई नुवाकोट स्थानान्तरण गर्न निर्देशन दिएका छन्।
सानोठिमीस्थित बाल सुधार गृहमा माघ ८ गते भएको झडप र उत्पन्न असहज परिस्थितिको दीर्घकालीन समाधान खोज्न आज गृह मन्त्रालयमा गृहमन्त्री अर्यालसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ लगायत सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूबीच भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन्।
बाल सुधार गृहमा रहेका १८ वर्षमाथिका र कम उमेरका बालबिज्याइँकर्तालाई एकै ठाउँमा राख्दा पटकरूपटक समस्या देखिएको भन्दै गृहमन्त्री अर्यालले मानव अधिकारको पूर्ण पालना हुनुपर्ने तर दण्डहीनता भने स्वीकार्य नहुने स्पष्ट पारे।
उनले यस्ता घटना भविष्यमा दोहोरिन नदिन र सुधार गृहको व्यवस्थापन चुस्त बनाउन मातहतका सुरक्षा निकाय तथा पदाधिकारीहरूलाई कडा निर्देशन दिए।
समस्याको दिगो समाधानका लागि मन्त्रिपरिषद्को निर्णय बमोजिम नुवाकोट कारागारको खाली ब्लकलाई बाल सुधार गृहमा परिणत गरी १८ वर्षमाथिका बालबिज्याइँकर्ताहरूलाई त्यहाँ सार्ने तयारी गरिएको छ।
Shares

प्रतिक्रिया