आज (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवाती मापनमा हिजो (शनिबार) भन्दा १.५ डिग्री सेल्सियस घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलई दिएको जानकारीअनुसार आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हो।
हिजो यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो। तर बिहान ८:४५ बजे पुन: मापन गर्दा ५.५ डिग्री सेल्सियसमा झरेको थियो। सबैभन्दा तल पुगेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।
यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
शनिबार यस्तो थियो देशभरको तापक्रम विवरण-

Shares

प्रतिक्रिया