समाज


चुनावमा राष्ट्रिय झण्डाको दुरुपयोग गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

चुनावमा राष्ट्रिय झण्डाको दुरुपयोग गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

नेपालखबर
माघ ११, २०८२ आइतबार १९:४, काठमाडौँ

गृह मन्त्रालयले चुनावमा राष्ट्रिय झण्डाको दुरुपयोग गरे कारबाही हुने चेतावनी दिएको छ।

निर्वाचनमा दलहरुले झण्डाको व्यापक प्रयोग गरिरहेकोबारे चर्चा भइरहेका बेला मन्त्रालयले आइतबार विज्ञिप्ति जारी गरेर कानुन अनुसार कारबाही हुने उल्लेख गरिएको छ। 

‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुन बमोजिम मात्र प्रयोग गर्नुहुन अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुन बमोजिम कारवाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

मन्त्रालयले चुनावमा १० वटा भन्दा बढी झन्डा प्रयोग गर्न नहुनेतर्फ समेत सचेत गराएको छ। ‘निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न)मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको न्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न वाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

झण्डाको कसरी सही प्रयोग गर्ने भन्नेबारे पनि विज्ञिप्तिमा व्याख्या गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad